• पशुपालनमा आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था श्रृजना गर्ने ।
  • पशु सेवाको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने ।
  • एकल महिला, जनजाति, आदिवासी, दलित लगायत पिछडिएको समुदायमा पशुपालनका कार्यक्रमहरू संचालन गर्ने ।
  • “One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्युनीकरण गर्ने
  • स्थानीय र रैथाने जातका पशुपन्छीहरूको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने ।
  • कृषकहरूको जीवनस्तर सुधार गर्न पशुपन्छी तथा मत्स्यपालन मार्फत रोजगारी प्रद्नान गर्ने, पोषण तथा खाद्य सुरक्षाको प्रत्याभुति दिलाउने तथा प्रदेशको गरिबिको संख्या उल्लेख्य मात्रामा घटाउने ।