• स्थानीय तहसंगको समन्वयमा पशुपन्छी तथा मत्स्यपालनमा महामारी रोगबाट हुने क्षतिको न्युनिकरण गर्ने खालका कार्यक्रमहरू संचालन गर्ने ।
  • पशुपालक कृषकहरूको क्षमता अभिवृद्दि गरी पशुपालन व्यवसायलाई आधुनिकिकरण, यान्त्रीकरण तथा प्रविधियुक्त ढंगले संचालन गरी प्रतिस्पर्धी एवं व्यवसायिकरण गर्ने ।
  • उच्च प्रजनन मानका पशुपन्छीहरूको छनौट तथा आपूर्ति व्यवस्थापन गरी पशु प्रजनन सेवा संस्थागत गर्ने ।
  • कृत्रिम गर्भाधानद्धारा पशुपन्छीहरूको नश्ल सुधार गरी उत्पादकत्व बढाउने ।
  • पशु आहारा बिशेष गरी हरीयो घाँसको उपलब्धता बृद्दि गरी पशुजन्य उत्पादनको लागत घटाउने खालका कार्यक्रमहरू संचालन गर्ने ।
  • पशु तथा मत्स्यजन्य पदार्थको संकलन, चिस्यान, प्रशोधन केन्द्र स्थापना तथा बजारीकरणमा सहयोग गर्ने ।
  • दुध, अण्डा, मासु तथा माछाजन्य पदार्थको विविधिकरण तथा गुणस्तर सुनिश्चितता हुने खालका कार्यक्रमहरू संचालन गर्ने ।
  • दुध, अण्डा, मासु तथा माछाजन्य पदार्थको गुणस्तर स्तरीकरण तथा नियमन गर्न संघीय सरकारलाई सहयोग गर्ने ।