प्रदेश सरकार, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको यो भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुलीको स्थापना २०७५ साल कार्तिक १५ गते भई सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा अवस्थित छ। पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाई आधुनिकरण तथा व्यवसायीकरणका साथै प्रतिस्पर्धि वनाइ पशुपन्छी र मत्स्य जन्य पदार्थमा जिल्लालाई आत्मानिर्भर बनाई निर्यात प्रर्वद्धन गर्ने लक्ष्यका साथ स्थापना भएको यो कार्यालयको कार्यक्षेत्र सिन्धुली र रामेछाप जिल्ला हो ।भौगोलिक हिसाबले दुध, फुल, माछा र मासु उत्पादनको प्रचुर सम्भावना रहेको सिन्धुली र रामेछाप जिल्लामा पशुपन्छीजन्य पदार्थको व्यवसायिक उत्पादन गरी बजारीकरण, विविधिकरण मार्फत सिन्धुली र रामेछाप जिल्लाको आर्थिक विकासमा सहयोग गर्न पशुपन्छी तथा मत्स्यपालक कृषकहरुलाई आवश्यक सेवा पुर्‍याईरहेको छ।